Oct 29 2026 | २०८३, कार्तिक १३गते

प्रहरीको परिक्षामै प्रश्नपत्र आउट

प्रहरीको परिक्षामै प्रश्नपत्र आउट

  • 1.6K
    SHARES

  • प्रहरीको परिक्षामै प्रश्नपत्र आउट

    संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशंकापछि प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआइजी) वसन्त लामाको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान थालेको हो ।                                                                                         गत १५ र १६ साउनमा प्रधान कार्यालय तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा यूएनमा जाने प्रहरी कर्मचारीका लागि परीक्षा सञ्चालन हुँदै थियो । परीक्षामा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)सम्मका २ हजार ४ सय परीक्षार्थी सहभागी हुँदै थिए । तर, १६ गतेको परीक्षा सुरु हुनु अघिल्लो दिन नै प्रश्नपत्र बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले रातारात नयाँ प्रश्नपत्रको सेट तयार गरेर परीक्षा सञ्चालन गर्नुपरेको थियो । सोही कारण परीक्षा निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । तर, १५ गतेको परीक्षा भने पुरानै प्रश्नबाट भएको थियो । सो परीक्षाको भने प्रश्नपत्र आउट भए-नभएको खुलेको छैन । प्रश्नपत्र लिक भएपछि प्रधान कार्यालयले यूएन शाखासँग जोडिएका प्रहरीमाथि निगरानी र सोधपुछ बढाइएको जनाएको छ । सो शाखाका केही प्रहरी भने नियन्त्रणमा समेत रहेको उच्च स्रोतको दाबी छ । छानबिन समितिले यूएन शाखाकै डीएसपी वासुदेव पाठक, तालिम केन्द्रमा कार्यरत अर्का डीएसपी रुपेश खड्का, प्रहरी निरीक्षक दिनेश पुनलगायतको संलग्नताको आशंकामा छानबिन गरिरहेको स्रोत बताउँछ ।                                                                                 डीएसपी खड्का पनि परीक्षार्थी थिए । उनी केही समयअघिसम्म यूएन शाखामा नै कार्यरतसमेत रहेको बताइन्छ । हाल प्रहरी प्रधान कार्यालयले कसरी प्रश्नपत्र बाहिरियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । सो विषयमा यूएनशाखा प्रमुख एसपी अनुपम राणासँगसमेत जानकारी मागिएको छ ।यो समाचार राजधानी दैनिकमा छ ।

    images
    बिहिवार, श्रावण २१ २०७८०७:२९:३८

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल