Oct 29 2026 | २०८३, कार्तिक १३गते

एक बर्षमा २४ सय कर्मचारीको बिदाइ हुँदै

एक बर्षमा २४ सय कर्मचारीको बिदाइ हुँदै

  • 3.2K
    SHARES

  • एक बर्षमा २४ सय कर्मचारीको बिदाइ हुँदै

    यो बर्ष मात्र २ हजार ३ सय ८४ कर्मचारी उमेर हद लागेर घर जाने भएका छन् । निजामती किताबखानाले आज सार्वजनिक गरेको विवरणअनुसार यसमध्ये १४ जना विशिष्ट श्रेणी (सचिव) छन् । जसमध्ये ४ जना सचिव यही साउनमा घर जानेछन् ।                                                                                                                                                         

     

    ५८ बर्ष उमेर हद लागेर साउनमा घर जान लागेका सचिवहरुमा हरिप्रसाद बस्याल,योगेन्द्रकुमार कार्की,रामशरण पुडासैनी र मुकुन्द प्रसाद पौड्याल हुन् । सञ्चार सचिव बस्याल भोलि (बुधबार) बाटै अवकाशमा जाँदैछन् । हाल कृषि मन्त्रालयमा कार्यरत योगेन्द्रकुमार कार्की आगामी १८ साउनबाट ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् भने यस्तै राजश्व सचिव रामशरण पुडासैनी २४ साउनमा घर फिर्नेछन् । पुडासैनीले घर जानुअगावै राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्ति मिलाइसकेका छन् ।                                                                                                                                         

     

    यस्तै २६ साउनमा बाग्मति प्रदेशका प्रमुख सचिव मुकुन्दप्रसाद पौड्याल ५८ बर्षे उमेर हद लागेर घर फर्कनेछन् । यही आर्थिक बर्षभित्र राजेन्द्र खनालले अवकाश पाउनेछन् । उनी अघिल्लो साता मात्र सचिवमा बढुवा भएका हुन् । दुई महिना सचिव खाएर आगामी असोज ९ गते उनी घर फिर्नेछन् । सचिव भएपछि अन्याय खेप्दै आएका केदार न्‍यौपाने असोज १२ गते अवकाशमा जानेछन् । यस्तै बाबुराम गौतम र ईश्वर नेपाल आगामी कार्तिकमा घर जानेछन् । लामो समयदेखि अन्याय खेप्दै आएका अर्काे सचिव बेगेन्द्रराज शर्मा पुस १४ गते अवकाशमा जानेछन् । उनी सचिव भए यता कहिल्यै मन्त्रालयमा खटाइएन । 

     

     अहिले  राष्ट्रिय वित्त आयोगमा छन् । यस्तै अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना माघ २० गते घर जानेछन् ।                                                ऊर्जा,जलस्रोत तथा सिञ्चाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले २०७९ जेठ ४ गते,महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत सचिव यामकुमारी खतिवडाले २०७९ जेठ १९ गते र लोकसेवा आयोग, काठमाडौंमा कार्यरत सचिव महेन्द्रप्रसाद गुरागाईंले २०७९ असार २२ गते अवकाश पाउनेछन् ।

    images
    बुधवार, श्रावण ६ २०७८०८:५५:००

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल