बुधवार, श्रावण ६ २०७८
सरकारले सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीलाई अनलाइनबाट सम्पत्ति विवरण बुझाउन समयसीमा दिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रले एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेको मितिले ३० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र (भदाै २८ भित्र) आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण अनलाइनबाट बुझाउन निर्देशन दिएको हो ।
यसका लागि केन्द्रले अघिल्ला आवमा जस्तै चालु आवमा समेत अनलाइन सफ्टवेयर सञ्चालन गरेको छ । केन्द्रको वेबसाइटमा गई सम्पत्ति विवरण अनलाइन दर्तामा क्लिक गर्ने र अघिल्लो आवकै युजर नेम र पासवर्ड प्रयोग गरी सम्पत्ति विवरण प्रविष्टि गर्न सकिने व्यवस्था ल्याइएको छ ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल