शुक्रवार, माघ २३ २०७७
माघ १३ गते पूर्णिमा उपाध्यय, उनका दाजु केशव उपाध्यय र उनको सिंगो परिवारका लागि अविस्मरणीय रह्यो । यसको कारण थियो लोकसेवा आयोगले लिएको परीक्षामा पूर्णिमाको नाम पहिलो नम्बरमा र उनका दाजु केशव उपाध्ययको नाम दोस्रो नम्बरमा निस्कियो । यी दुई दाजुबहिनी उपसचिव पदका लागि आयोगले लिएको आन्तरिक प्रतिस्पर्धाका परीक्षार्थी थिए ।
शाखा अधिकृतबाट उपसचिव तहमा बढुवा हुनका लागि यिनीहरूले आन्तरिक प्रतिस्पर्धा गरेका थिए तर परिणाम बहिनीको नाम पहिलो स्थानमा र दोस्रो नम्बरमा दाजुको नाम निस्क्यो । त्यसो त, पूर्णिमाको दिदी टीका उपाध्यय पनि निजामती सेवामै छन् । टीका आन्तरिक राजस्व विभाग लैनचौरमा शाखा अधिकृत पदमा कार्यरत छिन् । ५ दाजु भाइमध्ये ३ जना सदस्य निजामती सेवामै कार्यरत छन्, त्यो पनि लोकसेवा आयोगका परीक्षा पास गरेर ।
पूर्णिमा र केशवको बुवा सरकारी शिक्षक हुन्, आमा गृहणी हुन् । हालै मात्र उनले शिक्षक पदबाट अवकाश लिएका छन् । आफ्नो बाबु र आमाबाट सरकारी सेवामा प्रवेश गर्ने उत्प्रेरणा लिएको पूर्णिमा बताउँछिन् । ‘लोकसेवा आयोगको परीक्षामा भनसुन हुँदैन भन्ने थाहा थियो ।
त्यसमा पनि समाजमा निजामती कर्मचारीहरूको छबि माथि नै हुन्छ,’ पूर्णिमा भन्छिन्, ‘त्यसैले मिहेनत गरेरै भए पनि लोकसेवा आयोगको परीक्षा दिन्छु र पास हुन्छु भन्ने लागेको थियो ।’ पूर्णिमा दाजु केशवलाई पनि निजामती सेवामा प्रवेश गर्ने उत्प्रेरणा बुवा आमाबाटै मिल्यो । यी दाजु–बहिनीले सल्लाह गरेर आन्तरिक प्रतिस्पर्धाका लागि फाराम भरेका थिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल