Oct 28 2026 | २०८३, कार्तिक १२गते

भाषा शिक्षण एवं अनुसन्धानका लागि नेपाल र चीनका विश्वविद्यालयबीच सम्झौता सम्पन्न

भाषा शिक्षण एवं अनुसन्धानका लागि नेपाल र चीनका विश्वविद्यालयबीच सम्झौता सम्पन्न

  • 1.0K
    SHARES

  • भाषा शिक्षण एवं अनुसन्धानका लागि नेपाल र चीनका विश्वविद्यालयबीच सम्झौता सम्पन्न

    काठमाडौं - संस्कृति आदानप्रदान, भाषा शिक्षण र अनुसन्धान कार्यसञ्चालनको काम गर्ने गरी लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितीमा सरकारी निवास बालुुवाटारमा सोमबार भएको कार्यक्रममा दुई विश्वविद्यालयका पदाधिकारीले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्रीको गत मंसिरमा सम्पन्न चीन भ्रमणका बेला भएको स्वयंसेवी चिनियाँ भाषा शिक्षण सम्बन्धी समझादारी अनुसार उक्त सम्झौता भएको प्रधानमन्त्रीको निजी सविालयले जनाएको छ । लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयका अध्यक्ष त्वाङ फङबीच सहमतिपत्रमा हताक्षर गरिएको छ । सम्झौता संगै बेइजिङमा नेपाल इन्ष्टिच्युट र लुम्बिनीमा चाइना इन्ष्टिच्युट स्थापना हुने छन् । सम्झौता पत्र आदानप्रदान पश्चात प्रधानमन्त्री एवं लुुम्बिनी बौद्ध विश्वविद्यालयका कुुलपति ओलीले नेपाल र चीनबीच शताब्दीऔँ देखि जनस्तरमा समेत सम्बन्ध रहेको उल्लेख गर्दै दुुई देशबीच प्राज्ञिक र शैक्षिक सम्बन्ध र सहकार्य विस्तार भएकामा खुसी व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारी, लुुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य र नेपाल स्थित चीनियाँ दूतावासका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    मंगलवार, पौष १६ २०८१०८:३७:०३

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल